अझै निर्माण सम्पन्न हुन सकेन भोजपुरको हतुवागढी र उदयपुरको बेलका नगरपालिका जोड्ने दूधकोशी नदीमाथिको चुहार पुल
भोजपुर । भोजपुरको हतुवागढी र उदयपुरको बेलका नगरपालिका जोड्ने दूधकोशी नदीमाथिको चुहार पुल निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन।
यो पुल अलपत्र पर्दा दुई जिल्लाको यातायात मात्र होइन, आर्थिक र सामाजिक सम्बन्धमा समेत ठूलो असर परेको छ।
पक्की पुल नहुँदा स्थानीय बासिन्दाहरू अझै पनि जोखिमपूर्ण झोलुङ्गे पुल वा वर्षायाममा सास्ती खेप्दै यात्रा गर्न बाध्य छन्।
भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दा लाई खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्दा महँगो पर्ने साथै कृषि उपजहरूलाई बजारसम्म पुर्याउन कठिन भएको छ, जसले गर्दा किसानहरूले उचित मूल्य पाउन सकेका छैनन्।

