उर्लाबारी सिमसारका स्थानीय सामूहिक रूपमा श्रम संस्कृति पार्टी प्रवेश
मोरंग । मोरङ–१ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बनेको छ।
यसक्रममा उर्लाबारी नगरपालिका–२ स्थित सिमसार क्षेत्रका उल्लेख्य संख्यामा स्थानीय बासिन्दा श्रम संस्कृति पार्टीमा सामूहिक रूपमा प्रवेश गरेका छन्।
घरदैलो अभियानका क्रममा पार्टीकी केन्द्रीय सदस्य तथा मोरङ–१ की उम्मेदवार शान्ती पाख्रिनको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। पाख्रिनले आधारभूत सेवा, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
स्थानीयले विगतका प्रतिनिधिबाट अपेक्षित विकास नभएको गुनासो गर्दै श्रमको सम्मान र वास्तविक परिवर्तनका पक्षमा आफूहरू उभिएको बताएका छन्। उपनिर्वाचन नजिकिँदै गर्दा भएको यस ‘मास इन्ट्री’ ले चुनावी समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ।-स्रोत:नीलोपाटी


