रास्वपाको ‘ नागरिक करार’ दस्ताबेज सार्वजनिक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी चुनावी अभियानलाई लक्षित गर्दै ‘नागरिक करार’ दस्ताबेज सार्वजनिक गरेको छ। पार्टीले नागरिकको मतलाई ‘लगानी’ को रूपमा परिभाषित गर्दै ५ वर्षभित्र समुन्नतिको प्रतिफल दिने वाचा गरेको छ।

करारका ५ मुख्य प्राथमिकता र लक्ष्यहरू:
१. भ्र’ष्टा’चार विरोधी महाअभियान सञ्चालन गर्ने, सरकारी सेवालाई ‘डिजिटल डेलिभरी’ मार्फत पारदर्शी बनाउने र २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने।

२. औसत वार्षिक प्रतिव्यक्ति आय ३००० डलर पुर्‍याउने, कुल गार्हस्थ्य उत्पादन (GDP) १०० अर्ब डलर बनाउने र शत प्रतिशत बीमासहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने।

३. बाध्यतामक वैदेशिक पलायन रोक्न १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने। यसका लागि आईटी, पर्यटन, कृषि र उद्योगलाई प्राथमिकता दिने।

४. १५ हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने, ३० हजार कि.मि. राष्ट्रिय राजमार्ग निर्माण गर्ने र १० वटा ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने।

५. विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार दिने, वंशजको नागरिकताको निरन्तरता र सुरक्षित लगानीको वातावरण बनाउने।

रास्वपाले यस करारलाई केवल घोषणापत्र मात्र नभई एक कानुनी र नैतिक दस्तावेजका रूपमा प्रस्तुत गरेको छ। यदि एकल बहुमत पाउँदा पनि ५ वर्षभित्र यी सर्तहरू पूरा गर्न नसकेमा पार्टीले ‘राजनीतिक नैतिकता र पद’ बाट अर्को पटकको निर्वाचनमा सजाय स्वरूप बिदा लिने र मत नमाग्ने कडा प्रतिबद्धता जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।