पूर्व राज्यमन्त्री साउद सहितका ६५ जना एमालेमा प्रवेश

धनगढी । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) कि केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मनाकुमारी साउदसहितका ६५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार धनगढीमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्ता स्वागत गरेका थिए ।

पार्टीमा प्रवेश गर्नेहरूमा अछामकाे मेल्लेख गाउँपालिका-४ का राजेन्द्र बहादुर साउद, चाैरपाटी-५ का नवीन साउद, मेल्लेख-७ का कृष्णबहादुर साउद, माेहन साउद, बिरबहादुर साउद लगायतका नेता कार्यकर्ता रहेका छन् ।

उनीहरू कम्युनिस्ट आन्दोलन एकीकृत र एकढिक्का बनाउने एमालेमा प्रवेश गरेकाे उल्लेख गरेका छन् ।

पार्टीमा प्रवेश गरेकाहरूले अछाम-१ का उम्मेदवार दिपक साउदलाई जिताउन लागि पर्ने प्रतिबद्वता समेत जनाएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।