पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटको उपाधि विराटनगरलाई

विराटनगर । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर हवले जितेको छ ।

नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको प्रतियोगितामा विराटनगर हवले राजविराज हवलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेटको ९७ रन बनाएको थियो । विराटनगरकी टिका साहले ३० रन बनाउँदा सुभेक्षा लिम्बुले १७ रन बनाइन् । राजविराजकी दिपा रामले २ विकेट लिँदा बन्धना रजकले पनि २ विकेट लिइन् ।

९८ रनको लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ६ विकेट गुमाउँदै ८६ रन बनायो । राजविराजकी कप्तान साक्षी यादवले अविजित ४८ रन बनाउँदा साक्षी देवले १३ रनको योगदान गरिन् । विराटनगरकी प्लेयर अफ फाइनल समिक्षा राईले ३ विकेट लिँदा सुभेक्षा लिम्बु, सानु राजवंशी र सम्रिका गौतमले १–१ विकेट लिइन् ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज राजविराजकी साक्षी यादव घोषित भइन् । त्यस्तै उत्कृष्ट ब्याटर पनि साक्षी यादव हुँदा उत्कृष्ट बलर विराटनगरकी सुभेक्षा लिम्बु घोषित भइन् ।

चैत २७ गतदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली आयोजक एनसीएफ ११ र मधेश प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी रहेका थिए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे, नेपाल क्रिकेट सँघकी पूर्व केन्द्रिया सदस्य जिना श्रेष्ठ र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।