सृजनशील कप २०८३: आयोजक सहित चार टिम सेमिफाइनल प्रवेश

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ तातोपानीस्थित सृजनशील खेलमैदानमा सञ्चालन भइरहेको दोस्रो “सृजनशील कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ। सृजनशील युवा क्लबको आयोजनामा वैशाख पूर्णिमाको अवसर पारेर गत आइतबारदेखि सुरु भएको प्रतियोगिता आगामी वैशाख १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

“युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसन र नारी हिंसा छोड” भन्ने मूल नारासहित सञ्चालन भइरहेको प्रतियोगितामा बुधबार सम्पन्न खेलहरूमा कडा प्रतिस्पर्धा देखिएको थियो।

बुधबारको पहिलो खेलमा काजिमान समाज र सरस्वती युवा क्लबबीच निर्धारित समयसम्म २–२ गोलको बराबर भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा ८–७ गोल अन्तरले जित निकाल्दै सरस्वती युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

दोस्रो खेलमा पञ्चायन फुटबल क्लब, सुनसरीले CCDIC मौनाबुधुकलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

तेस्रो खेलमा आयोजक सृजनशील युवा क्लब ‘ए’ ले ललाहनी एफसी क्लबमाथि ५–१ को शानदार जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ।

यसअघि क्वाटरफाइनल चरणका लागि ८ टिम छनोट भएका थिए, जसमध्ये एक खेल मंगलबार नै सम्पन्न भइसकेको थियो। अब क्वाटरफाइनलबाट चार उत्कृष्ट टिम सेमिफाइनलका लागि छनोट भएका छन्।

खेलहरू प्रचलित फिफा नियमअनुसार सञ्चालन भइरहेका छन्। प्रतियोगितामा साँगुरीगढी गाउँपालिका र वडा नं. ८ कार्यालय सहयोगी संस्थाका रूपमा रहेका छन्। त्यस्तै, इन्टरनेट पार्टनरका रूपमा माउन्टलिंक र मिडिया पार्टनरका रूपमा एचआर न्युज रहेका छन्। प्रतियोगिताका सम्पूर्ण खेलहरू ‘मेरो गन्तव्य’ फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖