राष्ट्रिय कविता प्रतियोगितामा ५४७ जनालाई पछि पार्दै विराटनगरका विशाल साह प्रथम

इटहरी । सुनसरीको तरहरामा आयोजित दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगितामा विराटनगरका कवि विशालकुमार साह प्रथम भएका छन् ।
‘मौनको एल्गोरिदम’ शीर्षकको कविता वाचन गर्दै उनले नगद ५१ हजार ५४७ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी–२० तरहराको २०५० सालको एसएलसी समूहद्वारा आयोजित प्रतियोगितामा देशभरबाट प्राप्त ५४७ कवितामध्ये उत्कृष्ट १० रचनालाई अन्तिम चरणका लागि छनोट गरिएको थियो ।

प्रतियोगितामा मकवानपुरका सुवास सजल ‘चिडियाखाना’ शीर्षकको कवितासहित द्वितीय भए । उनले ४१ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै इलामका ऋजन मायालु ‘म बारुद भएको छु’ कवितासहित तृतीय हुँदै ३१ हजार ५५५ रुपैयाँ नगद जित्न सफल भए ।

अन्तिम चरणमा पुगेका अन्य प्रतिस्पर्धीहरू—अनिल सुवेदी (धनकुटा), कल्पना मरासिनी (अर्घाखाँची), टीकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा), प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर) र सवि मेवाहाङ (सुनसरी)—लाई जनही ५ हजार ५५५ रुपैयाँ ‘सिर्जनशील पुरस्कार’ प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका संयोजकका अनुसार कार्यक्रम स्वर्गीय नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि सञ्चालन हुँदै आएको हो । कार्यक्रममा वरिष्ठ कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो ।
सोही अवसरमा महेशबाबु तिम्सिनाद्वारा लिखित कवितासंग्रह ‘अक्षरहरूको क्यानभास’ को विमोचनसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाल तथा भारतका स्थापित कविहरूले समेत आफ्ना रचना वाचन गरेका थिए, जसले प्रतियोगितालाई थप साहित्यिक उचाइ दिएको आयोजकको भनाइ छ ।

कवि मनु मञ्जिलका अनुसार देशभरबाट प्राप्त ५४७ कवितामध्ये उत्कृष्ट १० जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो । प्रतियोगिताको निर्णायक समितिमा कविहरू राजा पुनियानी, भूषिता वशिष्ठ र हेमन यात्री रहेका थिए ।

आयोजक समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार आफ्ना दिवङ्गत मित्र नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेका अनुसार सोही कार्यक्रमको अवसरमा कविहरू राजा पुनियानी, देवान किराती, भूषिता वशिष्ठ, हेमन यात्री, चन्द्र गुरुङ, टीका आत्रेय र धीरज राईले कविता वाचन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं अग्रज साहित्यकार विवश पोखरेल, कवि मनु मञ्जिल, साहित्यकार भीमप्रसाद खतिवडा, बद्रीविशाल पोखरेल, गोकुल अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।