मोरङको कानेपोखरीमा टेम्पु र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते
मोरङ । मोरङको कानेपोखरीमा टेम्पु र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
दुर्घटनामा स्कुटर चालक १९ वर्षीय प्रिन्स उराउको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। साथै हिमाल सुवेदी र निशान बिष्ट सामान्य घाइते भएका छन्।
घाइतेहरूको उपचार भइरहेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


