स्वास्थ्य र संस्कृतिलाई जोड्दै झी पुचःको स्थापना दिवस, दुई सयभन्दा बढी लाभान्वित

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले आफ्नो ४५औँ स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको छ ।

विराटनगरको बंगलामुखीस्थित झी पुचः कार्यालय परिसरमा आयोजित शिविरमा आँखा, कान, रक्तचाप र मधुमेह परीक्षणका साथै रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको थियो । कार्यक्रममा दुई सयभन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा लिएका थिए भने ५० जनाभन्दा बढीले रक्तदान गरेका थिए ।

संघका अध्यक्ष शरद श्रेष्ठका अनुसार स्थापना दिवसलाई औपचारिक कार्यक्रममा सीमित नराखी समुदायसँग प्रत्यक्ष जोड्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा परीक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको उनले बताए ।

कार्यक्रममा रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा तथा कान परीक्षण गरिएको थियो भने न्यूरो अस्पतालसँगको सहकार्यमा रक्तचाप र मधुमेह परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रम भने नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

शिविरको उद्घाटन प्रमुख अतिथिसमेत रहेका झी पुचःका संस्थापक संरक्षक सुदर्शनबहादुर श्रेष्ठ, संस्थापक सदस्य इन्दिरा प्रधान, अध्यक्ष शरद श्रेष्ठ तथा कार्यक्रम संयोजक हरिमोहन श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।
संघका अनुसार २०३८ सालमा प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधान, पुरुषोत्तम अमात्य, लोकेन्द्रबहादुर मल्ल, सूर्यबहादुर श्रेष्ठ र देवेन्द्र मल्ललगायतको अगुवाइमा झी पुचः स्थापना गरिएको थियो । तत्कालीन पञ्चायती व्यवस्थाका क्रममा संस्थापकहरू पक्राउसमेत परेको अध्यक्ष श्रेष्ठले स्मरण गरे ।

संस्थाका पूर्वअध्यक्ष हरिबहादुर श्रेष्ठले नेवारी भाषा, कला र संस्कृतिको संरक्षणमा सक्रिय रहँदै आएको झी पुचःले सामाजिक रुपान्तरणका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै आएको बताए ।

महासचिव संजयकुमार श्रेष्ठका अनुसार संस्थाले सामूहिक बेलविवाह, व्रतबन्ध, नेपाल संवत् अवसरमा मोटरसाइकल र्‍याली तथा गाईजात्रा कविगोष्ठीलगायत सांस्कृतिक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा पूर्वअध्यक्ष तथा झी पुचःका अगुवा राजन श्रेष्ठ, लोकेन्द्रबहादुर मल्ल, भविसकुमार श्रेष्ठ, हरिबहादुर श्रेष्ठ रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।