कर्णालीका प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री कँडेलले वाचन गरे नीति तथा कार्यक्रम

सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा अचानक असहजता देखिएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मुख्यमन्त्री यामलाल कँडेलले वाचन गरेका छन्।

प्रदेश सभाको बुधबारको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त फरक दृश्य देखिएको हो। सामान्यतया प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख आफैँले पूर्ण रूपमा वाचन गरेर प्रस्तुत गर्ने संसदीय परम्परा रहँदै आएको छ।

बैठकको सुरुमा प्रदेश प्रमुख जोशीले नै नीति तथा कार्यक्रम वाचन गर्न थालेका थिए। तर, नीति तथा कार्यक्रमको प्रारम्भिक अंश मात्र वाचन गरेपछि उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण बाँकी भाग आफैँले पढ्न नसक्ने जानकारी गराए।

‘माननीय सभामुख तथा सदस्यज्यूहरू, मैले नीति तथा कार्यक्रम यति नै वाचन गरेँ,’ संसद्‌मा आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्रदेश प्रमुख जोशीले भने, ‘यसमा समय लाग्ने र स्वास्थ्यमा पनि असहजता भएकाले मुख्यमन्त्रीज्यूलाई वाचन गर्न आग्रह गरेँ।’

प्रदेश प्रमुखले स्वास्थ्य प्रतिकूलताका कारण असमर्थता जनाएपछि सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई रोस्ट्रम प्रयोग गरेर नीति तथा कार्यक्रमको बाँकी अंश वाचन गर्ने अनुमति दिएकी थिइन्। सभामुखको अनुमति लगत्तै मुख्यमन्त्री कँडेलले रोस्ट्रममा पुगेर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको बाँकी भाग वाचन गरेर संसद्‌मा प्रस्तुत गरेका हुन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖