प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले ४ बिधेयक प्रस्तुत गर्ने

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ  ।
 
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
 
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बक्तब्यसहित ‘आर्थिक बर्ष २०८३÷८४ को राजश्व र ब्यायको बार्षिक अनुमान माथी सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव गरे पछि छलफल प्रारम्भ हुनेछ ।  र, आज नै सो बिषय माथी उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
 
साथै, अर्थमन्त्री वाग्लेले ‘बिनियोजन बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
सो लगत्तै उनले ‘राष्ट्र ऋण उठाउने बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
 
र, ‘नेपाल राष्ट्र बैंक (तेस्रो संसोधन) बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छन् ।

यसैगरी, संस्कृत, पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पति भएको ‘पर्यटन बिधेयक, २०८२’लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।
 
साथै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तराष्ट्रिय श्रम संगठनको श्रम निरिक्षण सबन्धी महासन्धी १९४७ नम्बर ८१ र  ‘अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सबन्धी सन २०१४ को प्रोटोकल नम्बर २९’ पेश गर्न सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।