माओवादीसँग एकता टुटदा पार्टीलाई ठुलो क्षतिः एमाले

काठमाडौं, ३१ जेठ । नेकपा एमालेले गत चुनावमा गुमेको साख पुनर्जागरण गराउन मिशन चलाउने भएको छ । 
 
गत चुनावमा पार्टीको गुमेको साख फर्काउँदै अब हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउनका लागि केन्द्रिय सदस्य र जिल्लाका नेताहरूलाई ठोस जिम्मेवारी तोकेर मिसन जागरण अभियान चलाउने भएको हो ।   
 
पार्टीका सबै केन्द्रिय सदस्यहरुको जिम्मेवारीसहित पठाइएको मिसन जागरण अवधारणामा गत निर्वाचनको समिक्षा, पार्टीले हार व्योहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण उल्लेख गर्दै ‘डिजिटल लडाई’ लडने जनाएको छ ।
 
मुख्यगरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ ।
 
‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः बैकल्पिक शक्तितर्फ आकर्षित भएको हो’ पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ,  ‘आकस्मिक रु अस्वभाविक रुपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रुपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो ।’
 
 
मिशन जागरण अभियान दस्तावेजका लागि यहाँ क्लिक गर्नुहाेस्

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖