सुनको भाउमा लगातार उकालो

काठमाडौं, ०२ असार । नेपाली सुन बजारमा मूल्यवृद्धिको लहर जारी रहँदा मंगलबार पनि सुनको भाउ नयाँ उचाइतर्फ उक्लिएको छ। पछिल्ला केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य आज थप ३ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य २ लाख ९८ हजार २ सय रुपैयाँ रहेको थियो।

पछिल्ला दिनहरूमा सुनको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको सुन सोमबार मात्रै ५ हजार रुपैयाँले उकालो लागेको थियो। त्यसको निरन्तरतास्वरूप आज पनि मूल्य वृद्धि कायम रहँदा सुन झण्डै ३ लाख रुपैयाँको नजिक पुगेको छ।

यता चाँदीको मूल्य भने सुनको विपरीत दिशामा गएको छ। महासंघका अनुसार चाँदीको भाउ आज प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य १७५ रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको थियो।

नेपाली बजारमा सुनले यस वर्षको माघ १५ गते ऐतिहासिक रेकर्ड कायम गरेको थियो। उक्त दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले मूल्य बढ्दै सुन ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीले पनि सोही दिन ७ हजार ५०५ रुपैयाँ प्रतितोलाको उच्चतम मूल्य छोएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖