एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको आकार दोब्बर, ४ अर्ब रुपैयाँ पु¥याइयो

काठमाडौं, ०५ असार । एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’को योजनागत आकार २ अर्ब रुपैयाँबाट वृद्धि गरी ४ अर्ब रुपैयाँ पु¥याएको छ। नेपाल धितोपत्र बोर्डले असार ३ गते फण्डको आकार विस्तारका लागि स्वीकृति दिएपछि इकाई बिक्री तथा बाँडफाँड प्रक्रिया पुनः सञ्चालनमा आएको हो।

यसअघि फण्डमा लगानीकर्ताको उच्च आकर्षणका कारण निर्धारित सीमाभन्दा बढी आवेदन परेको थियो। नियामकीय सीमाका कारण कम्पनीले गत वैशाख ३१ गते सार्वजनिक सूचना जारी गर्दै इकाई बाँडफाँड तथा बिक्री प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको थियो।

धितोपत्र बोर्डबाट थप इकाई निष्कासनको स्वीकृति प्राप्त भएसँगै अब फण्डमा नयाँ लगानी गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार लगानीकर्ताले प्रत्यक्ष रूपमा इकाई खरिद गर्न सक्नेछन् भने व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत पनि लगानी प्रक्रिया पुनः सुरु गरिएको छ।

एसआईपीमार्फत संकलित रकमका आधारमा इकाई बाँडफाँड नियमित रूपमा अघि बढाइने जनाइएको छ। साथै बोर्डबाट स्वीकृत थप इकाईहरू सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण (डिम्याट) का लागि दर्ता भएपछि सम्बन्धित लगानीकर्ताको हितग्राही खातामा सोझै जम्मा गरिने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ।

फण्डको आकार विस्तारसँगै लगानीकर्तालाई थप लगानी अवसर उपलब्ध हुने तथा ऋणपत्र तथा स्थिर आयमुखी उपकरणमा आधारित यस योजनाको पहुँच अझ फराकिलो हुने अपेक्षा गरिएको छ। कम्पनीले लगानीकर्ताको बढ्दो रुचि र मागलाई ध्यानमा राख्दै फण्डको आकार वृद्धि गरिएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖