असार १६–१७ मा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन धनकुटा प्रशासनको आग्रह

धनकुटा, असार १५ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आगामी असार १६ र १७ गते मनसुनी गतिविधि तीव्र हुने सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर मनसुनी प्रभाव बढ्नेछ। यस क्रममा मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। एक–दुई स्थानमा भने अत्यधिक वर्षा हुने सम्भावना पनि रहेको छ।

यसैगरी पहाडी तथा तराई भू–भागका धेरै स्थानमा तथा हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

लगातार वर्षाका कारण आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव, नदी कटान तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले प्रशासनले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिम न्यूनीकरणका लागि निम्न सतर्कता अपनाउन अनुरोध गरेको छ—

* खोला, खहरे तथा बाढी आउन सक्ने क्षेत्र हुँदै यात्रा गर्दा अत्यधिक सावधानी अपनाउन
* पहिरोको जोखिममा रहेका तथा नदी किनाराका बस्तीका बासिन्दाले सुरक्षित स्थान पहिचान गरी आवश्यक परेमा स्थानान्तरण गर्न
* डुबान सम्भावित क्षेत्रका बासिन्दाले समयमै सुरक्षित स्थानमा सर्ने तयारी गर्न
* विपद् सम्बन्धी आपतकालीन सम्पर्क नम्बरहरू मोबाइलमा सुरक्षित राख्न

आपतकालीन सम्पर्क

* विपद् सूचना तथा सहायता: ११५५
* नेपाल प्रहरी: १००
* सशस्त्र प्रहरी बल: १११४
* साथै जिल्ला आपतकालीन सञ्चालन केन्द्र (DEOC) तथा सम्बन्धित फोकल पर्सनहरूलाई आवश्यक परेमा सम्पर्क गर्न सकिनेछ।

प्रशासनले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक सूचना नियमित रूपमा लिइरहन समेत सबैलाई अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖