समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारलाई धम्क्याउने कार्की ६० हजार धरौटीमा रिहा

धनकुटा । समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका पर्शुराम कार्की ६० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

धनकुटाको महालक्ष्मी नगरपालिका–७ आन्द्रुङ निवासी कार्कीलाई गत बुधबार बिहान प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो। असार ४ गते रेडियो धनकुटाको आधिकारिक अनलाइन पोर्टल धनकुटा एफएम डटकममा प्रकाशित ‘अख्तियारको डरले मोबाइल अफ गरेर कहाँ फरार भए कांग्रेस नेता सिद्धार्थ थापा ?’ शीर्षकको समाचारप्रति असन्तुष्टि जनाउँदै उनले पत्रकारलाई धम्की दिएको आरोप छ।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला अदालत धनकुटाको अनुमति लिएर कार्कीलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गरेको थियो। सोमबार जिल्ला अदालत धनकुटाले ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि सो रकम बुझाएर कार्की रिहा भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

कार्कीले रेडियो धनकुटाका अध्यक्ष तथा स्टेशन म्यानेजर गोपाल बराइलीलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिनुका साथै जातीय गालीगलौज गरेको आरोप छ। उनले परिवारलाई समेत जोडेर धम्की दिएपछि बराइलीले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएका थिए।

बराइलीले राहदानी छपाइ प्रकरणमा नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापामाथि अख्तियारले अनुसन्धान गरिरहेको विषयमा समाचार प्रकाशित गरेका थिए। सोही समाचार सार्वजनिक भएपछि कार्कीले धम्की दिएको बताइएको छ।

घटनापछि नेपाल पत्रकार महासंघ धनकुटा शाखा, कोशी प्रदेश समिति, केन्द्रीय समिति, राष्ट्रिय दलित पत्रकार संघ, सामुदायिक रेडियो प्रसारक संघ, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, दलित महिला संघ धनकुटालगायत विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका थिए।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले समाचार लेखेकै आधारमा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु निन्दनीय भएको बताउँदै सामाजिक सञ्जाल प्रयोग गर्दा सबै नागरिक जिम्मेवार र सचेत हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖