धनकुटामा प्रतिबन्धित लागूऔषध सहित दुई युवक पक्राउ
धनकुटा,१६ असार । धनकुटामा प्रतिबन्धित लागूऔषध सहित दुई युवक पक्राउ परेका छन्। सहिदभूमि गाउँपालिका–७ साप्टिङटारस्थित प्रहरी चौकी आँखिसल्लाबाट खटिएको चेकिङ टोलीले दुई जनालाई लागूऔषध सहिक पक्राउ गरेको हो।
मंगलबार राति करिब ११:५५ बजे मुलघाटबाट साप्टिङटारतर्फ जाँदै गरेका प्रदेश १–०२–०५६ प ९४५८ नम्बरको केटीएम ड्युक र को ३६ प ६१७३ नम्बरको पल्सर मोटरसाइकल रोकी जाँच गर्दा सहिदभूमि गाउँपालिका–७ का २३ वर्षीय अजित कार्की र १९ वर्षीय उज्वल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ३७९ पत्ता (३ हजार ७ सय ९० क्याप्सुल) र डिक्लोमाइनका ३७९ पत्ता (३ हजार ७ सय ९० ट्याब्लेट) बरामद गरिएको छ।
घटनास्थलबाट प्रहरीले दुईवटा मोटरसाइकल, चारवटा मोबाइल फोनसमेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


