राष्ट्र बैंकले सार्वजनिक ग¥यो बुधबारको विनिमयदर, डलरको बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा
काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा तथा युके पाउण्ड स्ट्रलिङको खरिददर २०० रुपैयाँ ०७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। त्यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ १७ पैसा र सिङ्गापुर डलर ११६ रुपैयाँ ७५ पैसा कायम भएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।
यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।


