धनकुटाबाट राहदानी आवेदन संकलन अस्थायी रूपमा बन्द हुने
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले नयाँ राहदानी प्रणाली लागू हुने तयारीका कारण राहदानी आवेदन संकलन सेवा अस्थायी रूपमा स्थगित हुने जनाएको छ।
राहदानी विभागको सूचनाअनुसार कार्यालयबाट नियमित रूपमा प्रदान हुँदै आएको राहदानी आवेदन संकलन कार्य असार २४ गतेदेखि नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको हो।
यस अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति कार्यालयले क्षमायाचना गर्दै नयाँ प्रणाली सञ्चालनमा आएपछि सेवा पुनः सुचारु गरिने जनाएको छ।
थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाको फोन: ०२६–५२२१३१ वा मोबाइल: ९८६२२८१२७२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।



