धनकुटाको साँगुरीगढी स्थित गोलखाडी माविलाई नगद, शैक्षिक तथा खेल सामग्री हस्तान्तरण

धनकुटा, २४ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ स्थित गोलखाडी माध्यमिक विद्यालयलाई साझा फाउन्डेसन धरान–इटहरी कार्यालयले नगद, शैक्षिक तथा खेल सामग्री हस्तान्तरण गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा फाउन्डेसनले विद्यार्थीका लागि कपी, कलम, क्याल्कुलेटर लगायतका शैक्षिक सामग्री तथा विभिन्न खेल सामग्री उपलब्ध गराएको छ। साथै, गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई नगद १० हजार रुपैयाँ पनि हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै फाउन्डेसनका प्रतिनिधि दुर्लभ कार्की र प्रकाश लकान्द्रीले फाउन्डेसनले विभिन्न सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै विद्यालय र विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

विद्यालयका प्रधानाध्यापक खेलबहादुर इवाहाङले प्राप्त सहयोगले विद्यार्थीहरूको पठनपाठन तथा अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी शिक्षक वीरबहादुर राईले शिक्षा क्षेत्रको विकास र सुधारका लागि सबै पक्षको सहकार्य र सहयोग आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा फाउन्डेसनका तर्फबाट गोपाल निरौला र यादव पौडेलको उपस्थिति रहेको थियो। साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मध्वज राई, शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल चौहान, शिक्षकहरू रमेश सुरयत यादव, जीवनकुमारी राई, रोहिणीप्रसाद सुवेदी, सहायक प्रधानाध्यापक श्यामबहादुर राई, चन्द्र बराल, मोहनबहादुर राई, अनिसा राई, समुन्द्र कार्की, महेशप्रसाद निरौला, समीक्षा राई, दिलकुमारी राई, बुद्धिमाया राईलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन शिक्षिका जीवनकुमारी राईले गरेकी थिइन् भने स्वागत मन्तव्य शिक्षक श्यामबहादुर राईले व्यक्त गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖