धनकुटामा १ हजार २ किलोभन्दा बढी गाँजा र हजारौं लागूऔषध ट्याब्लेट नष्ट
धनकुटा,असार २५ । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न लागूऔषध मुद्दामा बरामद भएका १ हजार २ किलो ३०५ ग्राम लागूऔषधजस्तो देखिने गाँजा तथा हजारौं क्याप्सुल र ट्याब्लेट नष्ट गरेको छ।
प्रहरीका अनुसार प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमाण्डमा खटिएको टोलीले आद धनकुटा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, धनकुटा नगरपालिका, पत्रकार तथा जनप्रतिनिधिको उपस्थितिमा धनकुटा नगरपालिका–९, मुलघाटस्थित तमोर नदीको बगरमा आगो लगाई लागूऔषध नष्ट गरेको हो।
नष्ट गरिएको लागूऔषधमा १ हजार २ किलो ३०५ ग्राम लागूऔषधजस्तो देखिने गाँजा, ट्रामाडोल–५० का ३ हजार ८३६ क्याप्सुल, रेसिस्पास–२० का ३ हजार ७८१ ट्याब्लेट, स्पासपेनका ४१ ट्याब्लेट र डेकोलिकको १ ट्याब्लेट रहेका छन्।
यी लागूऔषध विभिन्न मुद्दामा बरामद भएका थिए। अदालत तथा सम्बन्धित निकायको समन्वयमा कानुनी प्रक्रिया पूरा गरी प्रमाण सामग्रीका रूपमा रहेका लागूऔषधहरू नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


