धनकुटाका केही क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने
धनकुटा, असार २७ । नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले छथर जोरपाटी गाउँपालिका–१ हात्तीखर्क क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार बिहान ९:१५ बजेदेखि दिउँसो ४:०० बजेसम्म ११ केभी जितपुर फिडरअन्तर्गत लाइन वरिपरि रहेका रुख, हाँगा, बाँस तथा झाडी कटान (बुश कटिङ) गर्ने कार्यका लागि विद्युत् आपूर्ति बन्द गरिनेछ।
यस अवधिमा छथर जोरपाटी–१ हात्तीखर्कका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने भएकाले आवश्यक तयारी गर्न प्राधिकरणले उपभोक्तासँग अनुरोध गरेको छ।
निर्धारित समयभन्दा अघि नै काम सम्पन्न भएमा विद्युत् सेवा पनि सोहीअनुसार अगावै सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ।


