धनकुटाका विभिन्न क्षेत्रमा आज विद्युत् अवरुद्ध हुने
धनकुटा । नेपाल विद्युत् प्राधिकरण, धनकुटा वितरण केन्द्रले ट्रान्सफर्मर अपग्रेड तथा लाइन मर्मतसम्भारका लागि आज (आइतबार) केही क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार बिहान ९:४५ बजेदेखि दिउँसो २:०० बजेसम्म ११ केभी त्रिबेणी फिडरअन्तर्गत धनकुटा नगरपालिका–७ जिल्ला जनस्वास्थ्य कार्यालय नजिक रहेको ५० केभीए ट्रान्सफर्मर ओभरलोड भएपछि त्यसलाई १५० केभीए ट्रान्सफर्मरबाट प्रतिस्थापन (अपग्रेड) गर्ने तथा अन्य लाइन मर्मतसम्भारको काम गरिनेछ।
यस अवधिमा धनकुटा बसपार्क, अस्पताल क्षेत्र, त्रिबेणी चोक, चुलिबन क्षेत्र, सान्ताङ, पेलेपाङ, टेकुनाला, मुलघाट, बुढिमोरङ, तेम्बाङ लगायतका स्थानमा विद्युत् सेवा प्रभावित हुनेछ।
प्राधिकरणले सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् सेवा पनि सोहीअनुसार छिट्टै सुचारु गरिने जनाएको छ।


