धनकुटाका एक युवक १०८ ग्राम ब्राउन सुगर सहित सुनसरीबाट पक्राउ

इनरुवा । सुनसरी प्रहरीले १०८.०३ ग्राम ब्राउन सुगरसहित धनकुटाका एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान करिब ५ः५० बजे भोक्राहा नरसिंह गाउँपालिका–६ इस्राइल कामत क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धनकुटा नगरपालिका–१ निवासी ३५ वर्षीय मनबहादुर थापालाई शंकाको आधारमा जाँच गरिएको थियो।

प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको टोलीले उनको साथबाट चार वटा पोकामा लुकाइराखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो। बरामद पदार्थमध्ये ३८.१३ ग्राम, ३७.३१ ग्राम, ३०.७५ ग्राम र १.८४ ग्राम गरी कुल १०८.०३ ग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित थापालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।