जेन-जी आन्दोलनमा फरार बलात्कार अभियोगका कैदी माझी पक्राउ

सञ्जय मिश्रा
,
रौतहट, ९ साउन। जेन–जी आन्दोलनका क्रममा गौर कारागारबाट फरार भएका बलात्कार तथा हत्या अभियोगमा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका एक कैदीलाई रौतहट प्रहरीले पुनः पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटका कटहरिया नगरपालिका–७ बगही निवासी ३० वर्षीय प्रभु माझी रहेका छन्। उनी २०८२ साल भदौ २४ गते जेन–जी आन्दोलनका बेला गौर कारागारबाट फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा शुक्रबार राति करिब ११ः३० बजे कटहरिया–७ बगहीबाट माझीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार माझीले २०६८ फागुन २५ गते तत्कालीन बगही गाविस–६ ९हाल कटहरिया नगरपालिका–७० मा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजायको अन्तिम फैसला पाएका थिए। त्यसयता उनी गौर कारागारमा कैद भुक्तान गरिरहेका थिए।

जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेपछि फरार रहेका माझीलाई पक्राउ गरी बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय गौरमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।