मोरङको कानेपोखरीबाट ६.३८ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ

मोरङ — मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोलाबाट प्रहरीले ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

शनिबार राति करिब १०:३० बजे रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले शङ्काका आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक बेलबारी नगरपालिका–११ निवासी २९ वर्षीय रणध्वज राईको साथबाट ब्राउन सुगर जस्तो देखिने ६ ग्राम ३८० मिलिग्राम लागूऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।