धनकुटाको उत्तरपानी स्थित दुर्गा भवानी मन्दिर परिसरमा सरसफाइ अभियान
धनकुटा। धनकुटाको पाख्रीबास नगरपालिका र धनकुटा नगरपालिकाको संगमस्थलमा रहेको उत्तरपानी प्राविधिक शिक्षालय परिसर भित्र रहेको दुर्गा भवानी मन्दिर सरसफाइ गरिएको छ।
उत्तरपानी धर्मशाला सामुदायिक होमस्टे सञ्चालन समितिको पहलमा मन्दिर परिसरमा फैलिएको झारपात हटाई सरसफाइ गरिएको हो।
अभियानमा समिति अध्यक्ष दिलु तामाङ, उपाध्यक्ष रामज्वती योञ्जन, सचिव तथा वडा सदस्य पहलमान घिसिङ, मदनकुमार आले, पुष्पा तामाङ, बबिता घिसिङ तथा समाजसेवी श्याम योञ्जनलगायतको सहभागिता रहेको थियो।
समाजसेवी श्याम योञ्जनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि यस्ता सरसफाइ अभियानलाई निरन्तरता दिइने बताउनुभयो।



