पथरी राजस्व शुल्कमा कार्यालय कर्मचारीको ब्रम्हलुट
गोपाल काफ्ले /पथरी, मोरङ । मोरङ पथरी शनिश्चरे १० मा सिफारिस बापत संकलन गरेको शुल्क कार्यलय सहयोगी रिना थापाले हिनामिना गरेको पाईएको छ ।
जनताले विश्वासले बुझाएको रकम कर्मचारीले नै गायब गरे पछि कर्मचारी र सरकारी कार्यालय प्रति विश्वास घट्न थालेको छ । यस विषयमा रिपोर्टिङ गर्दा वडाबाट राजस्व काट्ने जिम्मा पाएकी थापाले सेवाग्राहीलाई सिफारिस, प्रमाण पत्र दिने तर त्यसबात तिरेको रकम आफै लाने गरेको प्रमाण बाहिरिएको हो ।
अब जनताले कस्लाई र कस्को विश्वाश गर्ने ? जब सरकारी कार्यालय र कर्मचारीले नै राज्य विरुद्ध राजस्व ठगिमा लागे पछि । सेवाग्राहीबाट राजस्वको रकम लिने र सर्वर डाउन छ भन्दै रसिद नदिए पछि सेवाग्राहीले पर्खिएर नबसेका कारण पनि कर्मचारीले राज्य ठग्ने मनोबल बढ्दै गएको हो । तर यो प्रकृयामा राजस्वकी कर्मचारीको मात्र हात छैन्न । रसिद नहेरि हस्ताक्षर गर्ने वडाध्यक्ष र कार्यालय सहयोगीलाई राजस्व काट्न दिने राजस्व शाखा प्रमुख पनि दोषी देखिएका छ्न ।
कार्यालय सहयोगीका रुपमा नियुक्ति भएकी थापालाई २०८२ माघ २९ गते वडाध्यक्ष जिवन खतिवडा र सचिव ललिता लिम्बुले राजस्वको OTP कोड प्रयोग गर्ने पाउने गरि सिस्टम बनाई दिन पथरी शनिश्चरे नगरपालिका राजस्व शाखालाई पत्र लेखेको पाईन्छ । जुन कार्य नियम विपरित हो । सचिवको जिम्मेवारी कार्यलय सहयोगीलाई दिनु नै गलत हो भने कुनै पनि राजस्व बापत उठेको रकम आफु संग वा कार्यलयमा राख्नु पनि गलत हो । तर पथरी शनिशचरे नगरमा राजस्व उठेको पैसा एक हप्ता सम्म नबुझाएको प्रमाणहरु फेला परेका छ्न ।
सेवाग्राहीलाई सर्वर चलेन भन्दै रसिद नदिने राजस्वको रकम वडा नं. १० का कर्मचारीले झ्वाम पारेको हो । उक्त शुल्क बापतको रकम सेवाग्राहीले कर्मचारीको विश्वासमा बुझाउने गर्दछन । नेपाल सरकारको खातामा जम्मा हुने राजस्व कार्यलय सहयोगि थापाले अपचलन गरेको देखिएको छ । थापाले नेपाल सरकारलाई छल्दै राजस्व शुल्क गायब गरेको भेटिएको हो । सेवाग्राहीले बुझाएको रकम र विवरणलाई नगरपालिकाको पंञ्जिका शाखा र राजस्व शाखामा बुझ्दा रकम र कागज ठुलो कैफियत भएको भेटिएको छ । राजस्व शाखामा सेवाग्राहीले बुझाएको राजस्व जाँचबुझ गर्दा नभेटिए पछि राजस्व शाखा प्रमुख तारा ढकालले यो सरासर राजस्व रसिद काट्ने जिम्मा पाएका कर्मचारीको फटाई रहेका बताउदै थप प्रतिकृया दिन चाहेन्न । उनले यस विषयमा थप कुनै प्रकृया दिन चाहेन्न ।
वडा नं. १० ले २०८१ साल देखि उठाएको राजस्व सरकारलाई छल्दै कर्मचारी रिना थापाले गायब गरेको सेवाग्राही बताउछन । यता कर्मचारी थापा संग बुझ्दा आफुले नियत राखि यस्तो काम नगरेको तर कहिलेकाही भुल बस एक दुई त्यस्तो हुन सक्ने बताईन । थापाका अनुसार राजस्व संचालनमा ल्याएको सुत्र भन्ने सफ्टवेयरले काम नगरेकाले धेरै त्रुटि भएको बताईन । तर आफु कार्यालय सहयोगी भए पनि वडाले राजस्वमा राखे पछि उक्त काम गर्दै आएको बताईन। यता वडाध्यक्ष जिबन खतिवडाले भने कर्मचारीको अभावमा काम जिम्मा लगाएको बताएका छन । वडा संग जेन् जि आन्दोलनका कारण सबै डकुमेन्ट जलेर नष्ट भएको बताउदै सेवाग्राही संग बुझि गलत भए आवश्यक छानविन गरि कार्वाही हुने बताए ।
कर्मचारीले कानुन मिचेर राजस्व छल्न पाईदैन अब कानुनी पाटोले जे भन्छ त्यहि हुने नगर प्रमुख मोहन तुम्बापोले बताए । उत्त आर्थिक कारोवारमा कर्मचारीको विश्वाशमा जिम्मा लगाएको कारण जनप्रतिनिधीको यस्मा कुनै पनि हात नहुने प्रमुखको भनाई छ । सेवाग्राहीले झुटो आरोप लगाएको पनि हुन सक्ने वा वडामा राजस्व काट्ने कर्मचारीले राज्यलाई ठगेको हो छानविन पछि थाहाँ हुने तुम्बापोले बताए । तर यस्का लागि पैसा बुझाएर रसिद नपाएका सेवाग्राहीले उजुरी दिए पछि छलफल हुने र पत्ता लाग्ने नगर प्रमुखले बताउनु भयो ।
२०८२ जेठ ३० मा नाता प्रमाणित निकालेकी तारा कार्कीले १ हजार १० तिरे पनि राजस्वमा ५ सय मात्र कायमा रहेको विवरण छ । सोहि दिन जन्म दर्ता गरेकी सान्वि भट्टराईले ५१०, बरुण भण्डारीले नाता प्रमाणित गरि १०१० र विवस खत्रिले नाता प्रमाणित बापत १०१० तिरे पनि उक्त रकम नेपाल सरकारको राजस्वमा दाखिला देखिएको छैन । २०८१ पुस १६ मा मोहन बहादुर कार्की नाता प्रमाणित गर्दा तिरेको १ हजार दश देखि २०८३ साउन ६ मा जन्म दर्ता गरेकी नायरा अधिकारीले तिरेको २ सय सम्म राजस्वमा भेटिएन ।
केहि समय अगाडी बालकृष्ण नेपालले बिबाह दर्ता र जन्म दर्ता बापत बुझाएको २१० + २१० रकमको राजस्व नै भेटिएन तर नेपालले दुबै कागज पत्र भने वडा कार्यलयबाटै लगिसकेका छन । सेवाग्राहीले सिफारिस बापत थापालाई बुझाएको शुल्क रसिद नदिने र उक्त शुल्क आफै लाने गरेको देखिन्छ । थापालाई पहिलो निर्वाचन पछि वडा नं. १० ले कार्यलय सहयोगिमा करारमा राखेको कर्मचारी हुन ।


