धनकुटामा गाँजा तयार गर्ने हाइड्रोलिक प्रेस मेसिन बरामद, मेसिन धनी फरार

धनकुटा । धनकुटा प्रहरीले गाँजा तयार गर्न प्रयोग हुने हाइड्रोलिक प्रेस मेसिन बरामद गरेको छ। यस घटनामा संलग्न रहेको आरोप लागेका मेसिनधनी भने फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार साउन ८ गते राति साँगुरीगढी गाउँपालिका–२ माङदुवा टोलमा गस्तीका क्रममा को २ ह १२५ नम्बरको अटो (टेम्पो) र प्र.१–०४–००१ प ४७९१ नम्बरको पल्सर मोटरसाइकलबाट तयारी अवस्थामा रहेको ७१ किलो ३५ ग्राम गाँजा बरामद गरिएको थियो। सो प्रकरणमा अटो चालक शिखर लिम्बु र मोटरसाइकल चालक मदन याखालाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा साँगुरीगढी गाउँपालिका–३ साप्तेनका करिब ४० वर्षीय हर्क इवा भनिने हर्क इवाहाङ लिम्बुको घरमा गाँजा तयार गर्ने मेसिन रहेको सूचना प्राप्त भएपछि साउन ११ गते प्रहरी चौकी डाँडाबजार, मुलघाट र अस्थायी प्रहरी पोस्ट फलामेटारबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गरेको थियो।

खोजतलासका क्रममा हर्क इवाहाङ लिम्बुको घरबाट गाँजा तयार गर्न प्रयोग हुने फलामको हाइड्रोलिक प्रेस मेसिन एक थान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मेसिन जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ।

प्रहरीका अनुसार मेसिनधनी हर्क इवाहाङ लिम्बु हाल फरार रहेका छन्। उनको खोजी तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।