मिनी ट्रकको छतमा लुकाइएको ४५४ किलो गाँजासहित चालक पक्राउ

महोत्तरी — मिनी ट्रकको छतमा फल्स बटम (कृत्रिम तह) बनाएर लुकाइछिपाइ राखिएको ४५४ किलोग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले शुक्रबार (साउन १२) सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनी ट्रकलाई महोत्तरीको बर्दिबास नगरपालिका–३ मा शंका लागेर रोकी जाँच गरेको थियो।

जाँचका क्रममा ट्रकको छतमा फल्स बटम बनाई ६० वटा पोकामा लुकाइछिपाइ राखिएको ४५४ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–३ निवासी २६ वर्षीय विश्व तामाङलाई पक्राउ गरिएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास, महोत्तरीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ४५४ किलोग्राम गाँजा, मिनी ट्रक, सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब तथा एक थान मोबाइल समेत बरामद गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।