धनकुटामा १० रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी, ३ हजार ७ सय बोट नष्ट

धनकुटा, साउन १३ । धनकुटा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाखेती फडानी गरी नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी त्रिवेणी तथा अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको संयुक्त प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२ र धनकुटा नगरपालिका–९ का विभिन्न स्थानमा सञ्चालन गरेको अभियानका क्रममा करिब १० रोपनी क्षेत्रफलमा लगाइएको ३ हजार ७ सय गाँजाका बेर्ना र बोट फडानी गरी नष्ट गरेको हो।

प्रहरीले अवैध लागूऔषधको उत्पादन तथा ओसारपसार नियन्त्रण गर्ने अभियानअन्तर्गत गाँजाखेती फडानी कार्यलाई निरन्तरता दिइएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖