सरकार र कप्तानगञ्ज घटनाका मृतक परिवार बिच ७ बुदेँ सहमति

सुनसरी, १५ साउन । कप्तानगञ्जमा भएको घटनामा परी मृतक परिवारसँग सरकारले ७ बुदेँ सम्झौता गरेको छ । 

 

सो घटनामा मृत्यु भएका देवानगञ्ज गाउँपालिका–३ का ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ७ बुदेँ मागमा सहमति भएको हो ।

सहमतिअनुसार सरकारले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्नेलगायत ७ बुदेँ  सहमति पत्रमा उल्लेख गरिएको छ ।

 

गत आइतवार निधन भएका ओमप्रकाश र उपचारको क्रममा मृत्यु भएका जयप्रकाशको परिवार भेटन गृहमन्त्री सुदन गुरूङ हिजो साँझ बिराटनगर पुगेका थिए। बिराटनगरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था बुझिसके पछि उनी मृतकका परिवार भेटन कप्तानगञ्ज गएका थिए ।

 

सोही क्रममा राती ७ बुदेँ सहमति भएको हो। सहमति अनुसार आज दिउँसो २ बजे मृतकको दाहसंस्कार गरिने भएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖