राष्ट्रपतिले दिबगंत कांग्रेस बरिष्ठ नेता श्रेष्ठको परिवारजनलाई भेटे
काठमाडौं, १५ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।
राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन ।
श्रेष्ठको निधनको शोकको यस घडीमा राष्ट्रपति पौडेलले शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूतिसमेत व्यक्त गरेका छन ।
राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्र्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पु¥याएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पु¥याउनु भएको योगदान सधै स्मरणीय रहिरहने बताए।
राष्ट्रपति पौडेलले श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी व्यक्ती गुमाएको आफूले महसुस गरेकोसमेत जनाएका छन ।


