पासपोर्ट प्रकरणमा मुछिएका थापा साधारण तारेखमा रिहा
काठमाडौं, १५ साउन । राहदानी ठेक्का प्रकरणमा मुछिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि रहेका थापाले अदालतमा उपस्थित हुने निवेदन दिए लगत्तै थापा आजै विशेष अदालतमा हाजिर भएका थिए तर उनी आज नै रिहा भएका छन ।
राहदानी खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले २०८३ असार ३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो, करिब साढे १८ करोड रुपैयाँ भुक्तानी भएकोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसमेत माथी मुद्दा चलाइएको थियो ।


