धनकुटामा दुई हजार बढी गाँजाका बोट फडानी
धनकुटा, साउन १५ । धनकुटा प्रहरीले अवैध लागूऔषध गाँजा खेतीविरुद्ध अभियान सञ्चालन गर्दै शहिदभूमि गाउँपालिका–२ का विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको २,२०० वटा गाँजाका बेर्ना तथा बोट फडानी गरी नष्ट गरेको हो।
प्रहरीले अवैध लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै गाँजा खेती तथा ओसारपसारमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गरिने जनाएको छ।


