हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

सञ्जय मिश्रा,
रौतहट, १६ साउन। रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा ७५ वर्षीया वृद्धाको हत्या आरोपमा उनका १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत १४ साउन बिहीबार साँझ करिब ६ बजे तेतरी खातुन आफ्ना माइलो छोरा शेख निमुदिनको टालीको छानो भएको घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी डीएसपी शंकर प्रसाद आचार्यको नेतृत्वमा इलाका प्रहरी कार्यालय कटहरियासहितको टोली घटनास्थलमा पुगेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनालाई शंकास्पद देखिएपछि प्रहरीले मृतकका १८ वर्षीय नाति साहिद शेखलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। अनुसन्धान अगाडि बढ्दै जाँदा उनले आफ्नै हजुरआमाको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन्।

प्रहरीले पक्राउ परेका साहिद शेखमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार राति विज्ञप्ति जारी गर्दै घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।