धनकुटामा ८ सय ४ केजी गाँजा सहित दुई जना पक्राउ

धनकुटा, साउन १६ । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शनिबार दिउँसो करिब १ बजे चौबिसे गाउँपालिका–४ स्थित जनता आवासका लागि निर्माण गरिएको खाली घरमा अवैध रूपमा गाँजा सञ्चय गरिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी उपरीक्षकको नेतृत्वमा खटिएको टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा उक्त घरबाट प्लास्टिकका ४८ वटा बोरामा राखिएको ८०४ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला परेपछि प्रहरीले बरामद गरेको हो।

घटनामा संलग्न रहेको आरोपमा छथर जोरपाटी गाउँपालिका–४ घर भई चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा र चौबिसे गाउँपालिका–४ निवासी ३४ वर्षीय आशिष विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गाँजा र पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।