सिक्रि लुटपाट घटनाका फरार आरोपी नियन्त्रणमा, प्रहरीमाथी खुकुरी आक्रमणको प्रयासपछि गोली प्रहार
काठमाडौ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे तामाङलाई पक्राउ गर्ने प्रयास गर्दा उनले साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ।
गोली लागेर घाइते भएका तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ। हाल उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


