निर्मल पुर्जाको निधनमा अन्नपुर्ण गाउँपालिकामा शोक बिदा

म्याग्दी , १७ साउन । विश्वबिख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थातण्  ‘निम्सदाइ’सहितका ब्रोड पिक आरोहण टोलीका सदस्यहरूको निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा घोषणा गरेको छ ।

 

आइतबार आज एक विज्ञप्ति जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै सोमवार शोक बिदा दिने निर्णय गरेको हो ।

 

गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकको यस घडीमा एकताबद्ध हुन आग्रहसमेत गरेको छ । पुर्जासहितको असामयिक निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ।

 

गत बिहिवार पाकिस्तानस्थित ब्रोड पिक हिमालमा अचानक आएको हिमपहिरोमा परी निधन भएका पु्र्जासहित १० आरोहीको निधन भएको हिजो पुष्टी भएसँगै अन्नपुर्ण गाउँपालिका म्याग्दीले शोक बिदा दिने निर्णय लिएको हो । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।