धनकुटामा ६ रोपनीमा लगाइएको २ हजार गाँजाका बोट फडानी गरी नष्ट
धनकुटा, साउन १७ । धनकुटाको शहीदभूमि गाउँपालिकाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाअन्तर्गत इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी आँखिसल्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–१ र ७ का विभिन्न स्थानमा करिब ६ रोपनी क्षेत्रफलमा लगाइएको २ हजार गाँजाका बेर्ना तथा बोट फडानी गरी नष्ट गरेको हो।
प्रहरीले अवैध लागूऔषध उत्पादन तथा ओसारपसार नियन्त्रण अभियानअन्तर्गत उक्त कारबाही गरिएको जनाएको छ।


