धनकुटाका प्रमुख जिल्ला अधिकारीद्वारा पाख्रीबास सहित सुरक्षा निकाय र धनकुटा–भोजपुर जोड्ने पुलको स्थलगत अनुगमन
धनकुटा । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला सुरक्षा निकायका प्रमुखहरूसहित धनकुटाका विभिन्न सुरक्षा कार्यालय तथा धनकुटा–भोजपुर जोड्ने पुलको स्थलगत अनुगमन, निरीक्षण तथा निर्देशन दिएकी छन्।
गत साउन १७ गते प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा इलाका प्रहरी कार्यालय पाख्रीबास, प्रहरी चौकी लेगुवा, प्रहरी चौकी चानुवा तथा धनकुटा–भोजपुर जोड्ने पुल क्षेत्रको अनुगमन गरिएको हो।
अनुगमनका क्रममा सुरक्षा व्यवस्थाको अवस्था, सेवा प्रवाह, कार्यालयको कार्यसम्पादन तथा सीमावर्ती क्षेत्रको अवस्थाबारे जानकारी लिँदै प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति–सुरक्षा प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएकी थिइन्।
स्थलगत निरीक्षणमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले सम्बन्धित क्षेत्रको सुरक्षा अवस्था, चुनौती तथा भइरहेका गतिविधिबारे जानकारी गराएका थिए।


