धनकुटामा गुडिरहेको अटोमा अचानक आगलागी हुंदा अटो पूर्ण रूपमा जलेर नष्ट
धनकुटा । धनकुटा नगरपालिका–१ त्रिशुलेस्थित कोशी लोकमार्गमा गुडिरहेको अटोमा अचानक आगलागी हुँदा अटो पूर्ण रूपमा जलेर नष्ट भएको छ।
शनिवार बिहान करिब ११ बजे हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को २ ह ८१७७ नम्बरको अटोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
आगलागीको जानकारी पाएलगत्तै हिले, धनकुटाबाट प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट अटो पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
अटोमा चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ निवासी करिब ४३ वर्षीय ओमप्रसाद लिम्बूसहित चार जना सवार थिए। उनीहरू सबै सकुशल रहेको प्रहरीले जनाएको छ।


