धनकुटामा ४ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी
धनकुटा, २३ साउन । धनकुटामा प्रहरीले करिब ४ रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–१ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएका गाँजाका बोट तथा बेर्ना फडानी गरेको हो।
प्रहरीका अनुसार करिब ४ रोपनी क्षेत्रफलमा रहेका २ हजार ३ सय गाँजाका बेर्ना तथा बोट फडानी गरी जलाएर नष्ट गरिएको छ।
अवैध लागूऔषध गाँजाको उत्पादन तथा कारोबार नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले गाँजा फडानी अभियानलाई निरन्तरता दिएको जनाएको छ।


