धनकुटामा ६ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी
धनकुटा, २४ साउन । धनकुटामा प्रहरीले ६ रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–१ र २ का विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरेको हो।
प्रहरीका अनुसार करिब ६ रोपनी क्षेत्रफलमा रहेका ३ हजार २ सय गाँजाका बेर्ना तथा बोटहरू फडानी गरी आगो लगाएर नष्ट गरिएको छ।

