रास्वपा पाख्रीबासको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको असवरमा जालपादेवी माविमा लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम हुँदै

धनकुटा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटाको पाख्रीबासमा लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम आयोजना हुने भएको छ।

ईलाका प्रहरी कार्यालय पाख्रीबास र धनकुटा हेल्पिङ ह्याण्ड्सको सहकार्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको आयोजनामा “लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम” सञ्चालन गर्न लागिएको हो।

युवापुस्तामा बढ्दै गएको लागूपदार्थ दुर्व्यसनका कारण उत्पन्न हुने सामाजिक तथा व्यक्तिगत समस्याबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नगर समितिले जनाएको छ।

कार्यक्रम साउन २७ गते बुधबार दिउँसो १२ः३० बजे पाख्रीबास स्थित श्री जालपा देवी माध्यमिक विद्यालयको हलमा आयोजना हुने बताइएको छ।

आयोजकले कार्यक्रममा सम्पूर्ण राजनैतिक दल, सरोकारवाला, युवा, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको उपस्थितिका लागि अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।