धनकुटामा प्रतिबन्धित लागूऔषध सहित ३१ वर्षीय युवक पक्राउ
धनकुटा । धनकुटामा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत साउन २६ गते राति करिब १०ः३० बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२ कामीटोलमा शंकास्पद अवस्थामा एक युवकलाई फेला पारेको थियो।
प्रहरीले चेकजाँच गर्दा शहीदभूमि गाउँपालिका–२ बस्ने चित्रप्रसाद राईका ३१ वर्षीय छोरा रविन्द्र राईले बोकेको झोलाबाट Tramadol Hydrochloride Capsules IP Tramol-50 लेखिएको १५ पत्ता (१५० क्याप्सुल) र SPASREST लेखिएको १५ पत्ता (१५० क्याप्सुल) बरामद गरेको हो।
प्रहरीका अनुसार उनको साथबाट जम्मा ३०० क्याप्सुल लागूऔषध, नगद १४ हजार रुपैयाँ र एक थान मोबाइल समेत बरामद भएको छ।
बरामद सामग्रीसहित राईलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


