धनकुटामा १ हजार ५२१ किलो गाँजा र प्रतिबन्धित लागूऔषध नष्ट
धनकुटा, २७ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका प्रहरी कार्यालयबाट विभिन्न मिति र समयमा बरामद गरिएको ठूलो परिमाणको लागूऔषध नष्ट गरिएको छ।
अनुसन्धान प्रक्रिया पूरा भएपछि प्रहरीले बरामद गरेको १ हजार ५२१ किलोग्राम गाँजा तथा विभिन्न प्रतिबन्धित लागूऔषधका १ हजार ८९७ ट्याब्लेट नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरीको कमान्डमा खटिएको टोलीले बुधबार बिहान करिब ११ बजे धनकुटा नगरपालिका–९, मूलघाटस्थित तमोर नदीको किनारमा लगेर उक्त लागूऔषधलाई जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


