धनकुटामा बस दुर्घटना
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाइमा बस दुर्घटना भएको छ ।
आइतबार बिहान चारखोले गोलाइमा बस दुर्घटनामा परेको हो । दुर्घटनामा केही यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण तथा बसमा कति जना यात्रु सवार थिए भन्ने विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको अवस्था तथा क्षतिको थप विवरणसमेत संकलन भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

