अपडेट :धनकुटामा बस दुर्घटना, तीन जना घाइते(नामावली सहित)

धनकुटा,३१ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान करिब ११ः१५ बजे धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकको छेउमा दुर्घटनामा परेको हो।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा तेह्रथुम छथर गाउँपालिका–१ की करिब ११ वर्षीया नुमा लिम्बु, वडा नम्बर ४ का ६९ वर्षीय कविराज थापा र सोही स्थानकी ५६ वर्षीया शुकमाया लिम्बु घाइते भएका छन्।

तीनै जनाको शरीरमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

दुर्घटनामा परेको बस घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।