मोरङको कानेपोखरीमा लागूऔषध सहित दुई जना पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–२ थानटोलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कानेपोखरी–२ थानटोलका ३५ वर्षीय ‘डन’ भनिने रेवत कार्की र कानेपोखरी–३ का २६ वर्षीय सुजन ऋषिदेव रहेका छन्।

विशेष सूचनाका आधारमा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सदानन्दकुमार यादवको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले कार्कीको कोठामा रहेको काठको बाकसमा लुकाइराखेको अवस्थामा कालो प्लास्टिकका विभिन्न पोकामा रहेको शंकास्पद पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थ चारवटा ठूला र सातवटा साना पोकामा रहेको तथा करिब १० ग्राम रहेको अनुमान गरिएको छ।

त्यस्तै, उनीहरूको साथबाट नगद ६३ हजार ४८५ रुपैयाँ, चाँदीजस्तो देखिने सेतो धातुका बाला २ थान, औँठी २ थान, कानमा लगाउने टप ४ थान, अन्य धातुका टुक्रा ९ थान तथा सुनजस्तो देखिने पहेँलो धातुको सिक्री १ थान बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ। बरामद शंकास्पद पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।